|

काठमाडौं : आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शर्माको गत बुधबार निधन भएको थियो।

शनिबार सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।

काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए।

उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए। उनको शनिबार अन्त्येष्टि गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.