|
फाइल फोटो

काठमाडौं : स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनमा कुरा अलमल परिरहेका बेलामा नेकपा एमाले महासचिव शंकर पोखरेलले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। 

सत्ता गठबन्धनले आगामी मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्नेबारे छलफल चलाइरहेको बेलामा महासचिव पोखरेलले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन्। 

वैशाखमै स्थानीय तहको निर्वाचन नहुँदा त्यसबाट पर्ने विभिन्‍न असरलाई उनले फेसबुकमा बुँदागत रूपमा उल्लेख गरेका छन्। 

पोखरेलको नजरमा यस्ता छन् वैशाखमा स्थानीय चुनाव नगर्दाका पर्ने असरहरू :

असार १० मा स्थानिय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।

आर्थिक वर्ष सकिएपछि गाउँसभा र नगरसभाको अनुमति विना संचित कोषबाट रकम खर्च गर्न नसकिने ।

स्थानीय संचितकोषबाट सुविधा पाउने शिक्षक कर्मचारीको तलब भत्ता रोकिने ।

बहुवर्षीय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।

संविधानतः ६-६ महिनामा बस्ने गाउँ तथा नगरसभा बस्न नसक्ने । 

कुनै पनि नयाँ  विकास निर्माण र सेवा प्रवाहका काम गर्न नपाइने ।

स्थानीय तहबाट हुने सेवा प्रवाहमा जहाँ गाउँ तथा नगरसभा,वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयबाट हुने सबै काम अवरुद्ध हुने ।

स्थानिय निकायको निर्वाचन नहुँदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने ।

नेपाली विशेषताको संघीयताको मुल मर्ममाथि प्रहार हुने । पुनः केन्द्रीकृत अभ्यास तर्फ मुलुक फर्कने ।

सार्वभौम संसदले बनाएको कानुनको उल्लंघन हुने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.