|

 काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको लगातार १२ खेलको जित यात्राको अन्त भएको छ। शनिबार म्यानचेस्टर सिटी साउथ ह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएसँगै लामो समय यताको लगातार जित यात्राको अन्त भएको हो।

साउथह्याम्टनलाई केलि वाल्कर पिटर्सले सातौं मिनेटमानै गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ६५ औ मिनेटमा केभिन डि ब्रुयनेको फ्रिकीकलाई एइमेरिक लापोर्टेले हेड गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।

बराबरी पछि सिटीको २३ खेलमा ५७ अंक भएको छ। २१ खेल खेलेको लिभरपुलको ४५ अंक रहेको छ। त्यस्तै २३ खेल खेलेको चेल्सी ४४ अंकका साथ तेस्रो स्थानमा छ। साउथह्याम्टन भने २२ खेलबाट २५ अंकका साथ १२ औ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.