|

सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-१ बलट्टा फाँटमा अटो दुर्घटना हुँदा आइतबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्। सिन्धुलीबाट खारखोलातर्फ आउँदै गरेको प्रदेश २-०२००१ ह १८२७ नम्बरको अटो दुर्घटनामा परी कमलामाई नगरपालिका-१ बदेलेका ३२ वर्षका  विष्णु परियार (कुमार) को मृत्यु भएको हो।

तीव्रगतिमा रहेको अटो अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

दुर्घटनामा मृतककी श्रीमती सुशीला परियार, अटो चालक कमलामाई नगरपालिका–१ का भूपाल विक र अर्का एकजना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरी उपरीक्षक थपलियाले बताए।

शव पोष्टमार्टम गर्न सिन्धुली अस्पताल पठाइएको छ। प्रहरीले चालक र अटो नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.