|

काठमाडौं : चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल अधिकृतको प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी, बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलीयाको भूमिका खेल्ने ३४ वर्षीय शशिभूषण सिंह र अमर्यादित कार्य गर्ने ३२ वर्षीय कृष्ण मुरारी छन्।

मिश्रा र सिंहलाई एलआरआई स्कुल कलंकी तथा मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.