|

पर्वत : पोखरामा लामो समयदेखि निर्माण व्यवसाय पेसामा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन्।

पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमती टेकमा बुढामगरले जानकारी दिएकी छन्।

३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै सिलसिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन्।

‘उहाँको बाइक बिग्रेको थियो। बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो’, उनले भनिन्, ‘३० गतेपछि फोनमा पनि कुरा भएको छैन। कहाँ हुनुहुन्छ थाहै छैन।’

पुस २७ गते पनि आफू बाइक लिएरै फर्किहाल्ने भन्दै पोखरा झरेको श्रीमतीको भनाइ छ।

‘लुगा धुनुपर्ने छ। म आइहाल्छु भन्नुभाथ्यो’, उनले भनिन्। श्रीमान् हराएपछि सबैलाई खोजिदिन उनले आग्रह गरेकी छन्।

सम्पर्कविहीन बनेका धनपतिलाई कसैले भेटेमा ९८४८६७५७१२ मा जानकारी दिन पनि परिवारले आग्रह गरेको छ। धनपति हराएकोबारे परिवारले प्रहरीलाई समेत जानकारी दिइसकेको छ।

रोल्पाको सुनछहरी गाउँपालिकाबाट २०६९ सालमा ज्याला मजदुरी गर्न मगरको परिवार पोखरा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.