|

भक्तपुर : भक्तपुरका अधिकांश औषधि पसल तथा फार्मेसीहरूमा सिटामोलको अभाव देखिएको छ।

जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतवार दूधपाटी, सूर्यविनायक र कमलविनायकका औषधि फर्मा र फार्मेसीहरूमा गरिएको अनुगमनका क्रममा सिटामोलको अभाव देखिएको हो।

टोलीले २० वटामा अनुगमन गर्दा अधिकांशमा सिटामोल नपाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। ‘केही पसलमा सिटामोल न्यून मात्रामा पाइएपनि अधिकांशमा सिटामोलको भण्डार शुन्य रहेको पाइयो,’ उनले भनिन्।

उनले दुई वटा फार्मेसीलाई थप बुझ्न औषधि विभाग पठाएको जानकारी दिए। उनले वितरकबाट भक्तपुरका औषधि पसलहरूमा सिटामोल पठाए नपठाएको बारे थप अनुसन्धान भइरहेको बताइन्।

सिटामोललगायतका औषधि समेत नपाइएको जनगुनासो आएपछि प्रशासनले सूर्यविनायक, कमलविनायक र दूधपाटीका २० वटा औषधि पसल र फार्मेसीहरूमा अनुगमन गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.