|

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिंदा अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ। लेस्टर अन्तिम १० मिनेट समालिन नसक्दा महत्वपुर्ण तीन अंकबाट विमुख भयो।

बर्नलीसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले भने शीर्ष चारमा फर्कने अवसर गुमायो। लिग अंक तालिकाको पुछारको क्लबसँग निरासाजनक बराबरी पछि आर्सनलको अंक तालिकामा २१ खेलबाट ३६ अंक छ। बर्नली भने १८ खेलबाट १२ अंकसहित पुछारमै छ।

अर्को खेलमा लेस्टरले ब्राइटनविरुद्व पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफ सुरुवात भएको पहिलो मिनेटमै अग्रता लियो। ४६ औं मिनेटमा लेस्टरका लागि डाकाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। तर‚ ८२ औं मिनेटमा ब्राइटनले लेस्टरविरुद्ध गोल फर्काएको थियो। वेलबेकले ब्राइटनका लागि गोल गर्दै खेल १-१ को अवस्थामा ल्याए।

बराबरीपछि लेस्टर अंक तालिकामा २० खेलबाट २६ अंक बनाएर अंक तालिकाको १० औं स्थानमा रहेको छ। त्यस्तै‚ ब्राइटन २२ खेलबाट ३० अंक बनाएर नवौं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.