|

काठमाडौं : नेपाली टोलीसँगको दुई मैत्रीपूर्ण फुटबलका लागि अफ्रिकी राष्ट्र मरिसस फुटबल टोली आज नेपाल आइपुग्ने भएको छ। 

मरिससको राष्ट्रि टोली आज बिहान सवा ११ बजे नेपाल आउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा मरिसससँग दुई खेल खेल्नेछ। खेलका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन्। 

त्यस्तै नेपालले सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेलेयता मरिसससँग पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो। 

फिफाको आधिकारिक मान्यता पाएको खेलमा मरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो। 

फिफाको पछिल्लो वरियतामा नेपाल १ सय ६९ औं स्थानमा छ भने मरिसस नेपाल भन्दा ३ स्थान तल १ सय ७२ औं स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.