|

इलाम : एएफसी महिला एसिया कपअन्तर्गत भारत र चाइनिज ताईपेईबीचको खेल रद्द भएको छ। भारतीय खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल रद्द भएको हो।

एसियाली फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गर्दै घरेलु टोलीले १३ जना खेलाडीको नामावली उपलब्ध गराउन नसकेपछि खेल रद्द भएको जनाएको छ। भारतको नाभी मुम्बईस्थित डिवाई पाटिल रंगशालामा खेल तय भएको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड संक्रमणका केही घटनाहरु देखिएपछि भारतले चाइनिज ताईपेईविरुद्धको समूह ए को खेलमा आवश्यक न्यूनतम १३ खेलाडीको नामावली उपलब्ध गराउन असफल रह्यो।’

अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का अध्यक्ष प्रफुल पटेलले भने खेलमा सहभागी हुन नपाउनु दुःखद भए पनि खेलाडीहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्।

‘हामी जत्तिकै निराश छौं कि सम्भवतः सम्पूर्ण राष्ट्र अहिले यो अवस्थाबाट हुनेछ। यद्यपि, खेलाडीहरूको स्वास्थ्य र कल्याण हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘कुनै पनि परिस्थितिमा सम्झौता गर्न सकिँदैन। म सबै संक्रमित खेलाडी र टोलीका अधिकारीहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। उनीहरूलाई एआईएफएफ र एएफसीले राम्रोसँग समर्थन गर्नेछन्।’

अन्य खेलहरु निर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ। क्वाटरफाइनलमा समूह विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहेन २ उत्कृष्ट तेस्रो स्थानमा रहेका टोली छनौट हुनेछन्।  भारतले आफ्नो पहिलो खेलमा इरानसँग गोलरहित बराबरी खेलेको थियो। चाइनिज ताईपेईले समूह चरणको पहिलो खेल चीनविरुद्ध ४–० ले पराजय भोगेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.