|

काठमाडौं  : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अन्तिम समयमा हारबाट जोगिँदा बार्सिलोनाले भने जित आत्मासाथ गरेको छ।

आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एल्चेसँग रियल २-२ गोलको बराबरी गर्न सफल हुँदा बार्सिलोनाले भने अलाभेसलाई १-० ले पराजित गर्‍यो।

शिर्ष स्थानको रियल आइतबार राति घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा बाँकी रहँदा खेलमा फर्किएको थियो। खेलमा ४२ औ मिनेटमा एल्चेले लुकास बोएको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको उसले दोस्रो हाफमा थप एक गोल गर्‍यो। ७६ औ मिनेटमा पेरे मिलाले दोस्रो गोल गर्दै टीमलाई २-० को अवस्थामा पुर्‍याए।​

लुक्का मोड्रिले पेनल्टी मार्फत रियललाई ८२ औ मिनेटमा पहिलो गोल गर्दै खेल २-१ को अवस्थामा ल्याए। इन्जुरी समयको दोस्रो मिनेटमा रियलका एडर मिलिटाओले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याउँदै टीमको संकट टारेका थिए।

आइतबार रातिनै भएको खेलमा बार्सिलोनाले अन्तिम समयमा तीन अंक हासिल गर्‍यो। उसका लागि फ्रेन्की डे जोङले गरेको गोल निर्णायक सावित भएको थियो। अधिकांस समय गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा डे जोङले फेरान टोरेसको एसिस्टलाई सदुपयोग गर्दै टीमको संभावित बराबरी टारेका थिए।

जितपछि बार्सिलोनाले २१ खेलबाट ३५ अंक बनाएर पाँचौ स्थानमा उक्लिन सफल भएको छ। बार्सिलोनासँग पराजित भएको अलाभेस भने रेलिगेशन जोनमा रहेको छ। अलाभेसको २२ खेलबाट १७ अंकका साथमा १९ औ स्थानमा रहेको छ।

त्यस्तै रियलले २२ खेलबाट ५० अंकका साथ शिर्ष स्थानमा कायमै छ। दोस्रो स्थानको सेभिल्लालाई रियलको बराबरीले केहि राहत मिलेको छ। रियल अझै सेभिया भन्दा ४ अंकले अघि छ। को अग्रता भने कायम बराबरी पछि एल्चेले २३ अंक बनाएर १५ औ स्थानमा कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.