|

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रण गर्न सरकारले कडाइ गरेको छ। सार्वजनिक स्थानमा खोप कार्ड र मास्क अनिवार्य गर्न निर्देशन दिएको छ। सामाजिक दूरी कायम गर्न लगाएको छ।

काठमाडौं उपत्यकाका काठमाडौं ललितपुर र भक्तपुरका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ। तर‚ यही सञ्चालन भएका सार्वजनिक सवारीसाधनका सहचालकहरूले भने सरकारको निर्देशनको उल्लंघन गरिरहेका छन्।

उनीहरूले मास्क लगाएको देखिँदैन। लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन्।

जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने गरेको अहिलेको अवस्थामा सहचालकहरूले नै मास्क नलगाउदा संक्रमण रोकिएला भनेर कसरी विश्वास गर्न सकिएला! यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.