|

काठमाडौं : थप ४० लाख डोज मोडर्ना खोप आउने भएको छ। १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न मिल्ने यो खोप आज (सोमबार) र भोलि (मंगलबार) गरी दुई लटमा आउने भएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाले आइतबार साँझ कतार एयरलाइन्सबाट १३ लाख डोज आउने र बाँकी खोप मंगलबार बिहान आउन लागेको बताए।

सरकारले खरिद प्रक्रियाबाट ल्याउने यो खोप यसअघि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो। यसपटक ल्याइएको खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ।

त्यसो त यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो। तर, अब सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना अघि सारिएको छ।

नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, एस्टाजेनेका, जाोनसन, फाइजर, मोडर्ना लगायतका खोपहरू लगाइएको छ। अहिले फ्रन्टलाइनरहरूलाई अतिरिक्त डोज (तेस्रो डोज)समेत दिन थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.