|

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवावाहेक अन्य सेवा बन्द गरिएको छ।

तीन जना कर्मचारीलाई संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ। अन्यलाईसमेत केही लक्षणहरु देखा परेकाले  माघ ११ गतेदेखि  अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकवाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरूको भीडभाड पनि बढी भएकाले भीडभाडमा सेवा प्रवाह गर्दा थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको पौडेलले बताए। अत्यावश्यक सेवा लिन आउँदा समेत खोप लगाएको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने छ।

बढी भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न प्रशासनले आग्रहसमेत गरेको छ। सोमवार मात्रै जिल्लामा ६६ जनामा संक्रमण पुष्टि भएको र जिल्लामा कुल सक्रिय संक्रमितको सङख्या २८८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। संक्रमणका कारण जिल्लामा ९७ जनाको ज्यान गइसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.