|

काठमाडौं : ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप अभियान पुन:सञ्चालन हुने भएको छ।

अस्पतालले सोमबार एक विज्ञप्ती जारी गर्दै जनशक्ति व्यवस्थापन भएको भन्दै मंगलबारदेखि खोप कार्यक्रम नियमितरुपमा सञ्चालन हुने जनाएको हो।

'काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने २०७८/१०/११ देखि कोभिड १९ विरुद्धको खोप अभियान सन्चालन हुने छ।'अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.