|

दाङ : दाङको घोराही कारागारबाट भागेका कैदी नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ।

राजपुर गाउँपालिका–३ का ३० वर्षीय यमराज परियारलाई सोमबार पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत पुस ८ गते  बिहान ११ बजे छालाको उपचार गर्न गएका उनी प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा कैद सजाय पाएका परियार २०७२ असोज १६ गतेदेखि घोराही कारागारमा कैदमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरी टोली, प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय सुरक्षाकर्मीको समन्वयमा उनलाई  नेपाल भारतको सीमा क्षेत्र बाँके नेपालगन्ज–१५ जमुनाह नाका क्षेत्रबाट पक्राउ गरी दाङ ल्याइएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी  सुरेश  काफ्लेले फरार रहेका परियार लुकेर भारततर्फ जाने प्रयास गरेको भए पनि सूचनाका आधारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

कारागारमा पहिले चौकीदार हुँदै नाइकेसमेत भएका परियारले त्यसैको फाइदा उठाएर केही व्यक्तिहरूलाई  प्रलोभनमा पारेर कारागारबाट भाग्न सफल भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान जारी रहेको समेत एसपी काफ्लेले बताए। कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार उनलाई थप कारवाही हुने भएको छ। कैदी भागेपछि अनुसन्धानका लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर, प्रत्यक्ष घटनामा संलग्न प्रहरी जवान धनबहादुर चौधरी कारागार चलान भएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.