|

काठमाडौं : १२ वर्षीय बालकको हत्यामा संलग्न पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पुस १९ गते पर्सास्थित जगरनाथपुर गाउँपालिका–६ का मन्टुप्रसाद कुर्मीको हत्या आरोपमा उनीहरूलाई प्रहरीले माघ ८ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार पक्राउ पर्नेमा सोही गाउँका गोवारी राउत अहिर, नग राउत अहिर, शत्रुधनप्रसाद यादव, मनमोहनप्रसाद यादव र रोहनप्रसाद यादव रहेका छन्।

पुस १९ गते करिब ४ बजे कुर्मीको घाँटी थिचेर हत्या गरी ऊखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो। पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले भिष्वास्थित नेपाल भारत सीमाबाट उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.