|

चितवन : प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण भएपछि भरतपुर मालपोत कार्यालयको सेवा बन्द गरिएको छ।

आज कार्यालयले सूचना प्रकाशित गरी कार्यालय प्रमुखसहित चार जनामा संक्रमण देखिएकोले केही दिनको लागि सेवा स्थगित गरिएको जनाएको छ। सूचना अनुसार आजदेखि माघ १६ गतेसम्म सेवा स्थगित हुनेछ।

कार्यालयका सूचना अधिकारी हेम तिमिल्सिनाले कार्यालय प्रमुख, एक मालपोत अधिकृत र दुईजना नायब सुब्बामा कोरोना संक्रमण भएको छ। संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरू होम आइसोलेसनमा बस्नु परेकोले सेवा प्रवाह गर्न नसकिएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.