काठमाडौं : मकवानपुरमा शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ।
भीमफेदी कारागारमा लागू औषध मुद्दामा सजाय काटिरहेका बारा गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो।
कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप उपचारको क्रममा हेटौंडा अस्पताल लगिएकोमा उनको त्यही मृत्यु भएका हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।