|

अफ्रिकी कप अफ नेशन्समा क्यामरुन र कोमोरोसबीचको प्रि-क्वार्टरफाइनल खेल हेर्न मैदानबाहिर पुगेका दर्शकबीच मैदान प्रवेशको प्रयासमा भएको एक घटनामा ६ जनको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको जनाइएको छ।

क्यामरुनमा अफ्रिकी कप अफ नेशन्सको आयोजना भएको खेल हेर्न मैदानबाहिर भेला भएको समर्थकको भीड अनियन्त्रित भएको जनाइएको छ।

सार्वजनिक भएको एक भिडियो फुटेजमा राजधानी योउन्डको नजिक रहेको पाउल विया स्टेडियममा समर्थक र दर्शकहरू मैदान प्रवेशका लागि संघर्ष गरिरहेको देखिन्छ।

क्यामरुनका मध्य क्षेत्रीय गभर्नर पउल वियाका अनुसार मृत्यु हुने मानिसको संख्या बढ्न सक्ने जनाइएको छ। एक अर्को रिपोर्टका अनुसार कैयौं बालबालिका बेहोस छन्।

रंगशालाको क्षमता ६० हजार भए पनि कोभिड प्रतिबन्धका कारण ८० प्रतिशत समर्थकलाई मैदान प्रवेशको अनुमति रहेको थियो। खेल अधिकारीहरूका अनुसार करिब ५० हजार समर्थकहरु मैदान प्रवेशको प्रयासमा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.