|

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्‍वाटरफाइनलको अन्तिम खेल हुँदैछ।

पोखरा रंगशालामा दिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन्। आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ। 

हिजो भएको खेलमा साबिक बिजेता संकटा क्लबलाई पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान बनाएको छ। सहारा क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.