|
फाइल तस्बिर

काठमाडौं : कोरोनाविरुद्धको खोप अभियानका लागि माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालय खुल्ने भएका छन्। उक्त अवधिमा पठनपाठन भने नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले जानकारी दिए।

सहायक प्रवक्ता श्रेष्ठले भने‚ ‘माघ १५ देखि २० गतेसम्म विद्यालयमै खोप लगाउनुपर्ने भएकाले खोल्ने निर्णय भएको छ।’

स्थानीय तहको समन्वयमा विद्यालय खोलिने उनले बताए। भीडभाड नगराउने गरी खोप कार्यक्रम सञ्चालन गर्नका लागि सबै कक्षा कोठा पाँच दिन खुला गरिने छ।

पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर‚ माघ १५ पछि विद्यालय खुला गर्ने निर्णय गरेपछि सर्वसाधारण भने भौतिक उपस्थितिमै पठनपाठन हुने बुझाइमा थिए।

सरकारले माघ १५ पछि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई  मोडर्ना खोप पहिलो र दोस्रो डोज दिने तयारी गरेको छ। यसअघि पनि सोही उमेर समूहलाई  फाइजर खोप पनि दिँदै आएको छ। 

विद्यालय खुल्ने नखुल्ने अझै अन्योल

माघ २० पछि विद्यालय सञ्चालनमा आउने वा नआउनेमा अन्योल छ। ‘सरकारले १५ सम्म त बिदा नै दिएको छ,’ मन्त्रालयका सहायक प्रवक्ता श्रेष्ठले भने, ‘थप पाँच दिन विद्यालय नै खोप केन्द्र बनाउनुपर्ने भएकाले विद्यालय खुल्छ। त्यसपछि खोल्ने वा नखोल्ने अझै केही निर्णय भएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.