|

स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्। नाडालले क्यानेडियन खेलाडी डेनिस शापोभालोभलाई पराजित गर्दै कीर्तिमानी ग्रान्डसलाम जिततर्फ अग्रसर भएका हुन्।​

नाडालले १४ औँ वरीयताका डेनिसलाई पाँच सेटको भिडन्तमा ६-३, ६-४, ३-६, ६-३ ले पछि पार्दै अन्तिम चारमा स्थान बनाए। नाडालले मेलबर्न पार्कमा २००९ मा एकमात्र उपाधि जितेका छन्। उनी सेमिफाइनलमा भने सातौँपटक प्रवेश गर्न सफल भए।

अब अन्तिम चारमा ३४ वर्षीय नाडालको भिडन्त माटेयो बेरिटिनी तथा जेगल मोनफिल्समध्ये एकजनासँग हुनेछ। इटालिका सातौँ वरीयता प्राप्त बेरिटिनी तथा फ्रान्सका १७ औँ वरीयताका मोनफिल्सबीच मंगलबार नै हुने क्वाटरफाइनलले नाडालको प्रतिद्वन्दीको तय हुनेछ।

अब नाडाल करिअरको २१ औँ ग्रान्डसलामको उपाधिभन्दा दुई जित टाढा छन्। यदि उनले दुई जित आत्मसात गरे सहकर्मीहरू रोजर फेडेरर र नोभाक जोकोभिचलाई पछि पार्दै नयाँ कीर्तिमान रच्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.