|
फाइल तस्वीर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परीक्षाको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।

अनुगमन गर्न मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले यो वा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन्।

कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भनेर विद्यार्थीको गुनासो आएको भन्दै उनले फास्ट ट्रयाकबाट नतिजा निकाल्न निर्देशन दिए।

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन।

अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावले समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

त्यस क्रममा मन्त्री पौडेलले जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम गर्न भनेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए।

देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै सुधारका लागि नयाँ योजना बनाउन पनि प्रशासनसँग मन्त्री पौडेलले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.