|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई ताकेता गरेको छ। 

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको मिति तोक्ने काम जति ढिलो हुँदै जान्छ त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने उल्लेख गरेको छ।  

यसअघि आयोगले स्थानीय तहको चुनावको मिति प्रस्ताव गरिसकेको भन्दै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा निर्वाचनको मिति यथाशीघ्र तोक्न आग्रह गरिएको छ। 

२०७४ सालमा बैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भए पनि पहिलो चरण २०७४ बैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते समाप्त हुने आयोगको ठहर छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.