|

काठमाडौं : देशभर मंगलबार १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। 

देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ। जसमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विवरणअनुसार २ सय ४५ जना आइसियु र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.