|

धनकुटा : जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ।

सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए। 

सूचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम, संघ/संस्था दर्ता, नवीकरण तथा अन्य काम, पेन्सनसम्बन्धी काम, हातहतियार नवीकरण तथा विष्फोटक पदार्थ अनुमतिपत्रसम्बन्धी काम, अन्य प्रमाणित तथा सिफारिशलगायत सेवा बन्द गरिएको छ।

त्यस्तै शान्ति सुरक्षासम्बन्धी काम, मुद्दासम्बन्धी काम, विपद् तथा विपद् व्यवस्थापनसम्बन्धी काम, अत्यावश्यक आन्तरिक प्रशासनिक काम भने यथावत् हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.