|

पर्सा : पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सामा २० वर्षीय युवक पक्राउ परेका छन्। गत आइतबार किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेका हुन्।

अनुचित प्रभावमा पारी ती किशोरीलाई आफ्नै घरमा लगी पटक–पटक र गत माघ ५ गते पनि वीरगञ्ज भिस्वास्थित आफ्नै साथीको घरमा लगेर जबरजस्ती करणी गरेको भनी उजुरी परेको पर्सा प्रहरीले जनाएको छ।

उजुरी परेपछि ती युवकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

पक्राउ पर्ने युवक पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ सवैठवा बस्ने भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेको उनको भनाइ छ।

सोमबार अबेर पक्राउ परेका यादवलाई मंगलबार पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अरू अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.