|

अफ्रिकन कप अफ नेशन्समा सेनेगल र साडियो मानेको मोरक्को क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको स्पर्धामा केप भर्डेमाथि २-० को जित निकाल्दै सेनेगल र मलावीमाथि २-१ को जित निकाल्दै मोरक्को अन्तिम आठमा स्थान बनाएको हो।

पहिलो हाफमै केप भर्डे १० खेलाडीमा सीमित भएको थियो। २१ औं मिनेटमा उसका मिडफिल्डर प्याट्रिक एन्ड्रेडले रातो कार्ड पाएर मैदानबाट बाहिरिंदा टोलीलाई दबाब परेको थियो। दोस्रो हाफ पनि उसका लागि निरासाजनक रह्यो। ५७ औं मिनेटमा एभोरा डायस पनि रातो कार्ड खाएर मैदानबाट बाहिरिंदा भर्डे नौ खेलाडीमा समेटियो।

जसको फाइदा उठाउँदै सेनेगलले ६३ औं मिनेटमा टिमका लगि पहिलो गोल गर्‍यो। साडियो मानेले सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने उसले इन्जुरी समयमा सम्भव बनाएको थियो। सेनेगलले अब सेमिफाइनल प्रवेशका लागि माली र इक्वेटेरियल गिनीबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

यस्तै‚ साडियो मानेको मोरक्कोले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको खेलमा मोरक्कोले मलावीमाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो।

सातौं मिनेटमा गाबाडिनो मन्गोले टिमका लागि पहिलो गोल गरेका थिए। तर‚ खेलमा पुनरागमन गर्दै मोरक्कोले अन्तिम आठमा स्थान बनायो। सेभियाका स्ट्राइकर युसेफ एन न्यारीले पहिलो हाफको इन्जुरी समयमा टिमका लागि पहिलो गोल गर्दे खेल बराबरीमा ल्याए। टिमका लागि विजयी गोल भने फ्रेन्च क्लब पिएसजी स्टार अशरफ हाकीमीले गरेका थिए। उनले ७० औं मिनेटमा गोल गर्दै टीमलाई निर्णायक अग्रता दिलाए।

मोरक्कोले अब आइभरी कोस्टर इजिप्टबिचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन्। इजिप्ट र आइभरी कोस्ट बुधबार डौउलामा प्रतिस्पर्धा गर्दै छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.