|

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।

वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।

हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि छुट्टाछुट्टै टेण्ट हालिएको छ।

मतदान केन्द्रमा अधिकृतसहित ८–८ जना गरी १६ जना कर्मचारी खटाइएको छ। मतदाताहरूले कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएको कार्ड ल्याउनुपर्ने नियम छ। कोरोना संक्रमित भए वा लक्षण देखिएका मतदातालाई छुट्टै व्यवस्थापन गरिएको छ। 

दुई पदका लागि हुन लागेको बागमतीमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका २, नेकपा (एमाले)को तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा होमिएका छन्। गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्। एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.