सामाजिक विकास मन्त्री यादवले गरे पहिलो मतदान

|

विराटनगर : प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु भएको छ। राष्ट्रियसभा सदस्य पदका लागि सामाजिक विकासमन्त्री जयराम यादवले पहिलो मतदान गरेका छन्।  तीन सिटका लागि सत्ता गठबन्धन, एमाले राप्रपाका गरी ८ जनाको उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पनि मतदान गरिसकेका छन्। महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता अल्पसंख्यकमा जनता समाजवादी पार्टीका  हेमराज राई, नेकपा एमालेबाट अन्यमा गुरु बराल, महिलामा सुमित्र सुवेदी भण्डारी  र अपाङ्गता वा अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा, राप्रपाबाट अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेल चुनावी प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.