|

खुसी के हो कुनै ठोस व्याख्या या परिभाषा दिन सकिँदैन। कुनै व्यक्ति सानो जागिर प्राप्त भएपछि अन्तर आत्माबाट खुसी हुन्छ र कुनै व्यक्ति ओलम्पिक गोल्ड मेडल जित्दा पनि खुसी नहुन सक्छ, नोवेल अस्विकार गर्ने मानिस पनि छन्।

मुख्य कुरा मानिस आर्थिक उपलब्धिमा खुसी हुन्छ। कहीं न कहीं खुसी पैसा वा सम्पत्तिसँग  जोडिन्छ। त्यो सम्पत्ति र स्वामित्वमा खुसी लुकेको हुन्छ। यसै गरी सम्पत्ति स्वतन्त्र प्रयोगमा पनि खुसी छ।

सिमान्त उपयोगिता ह्रास नियमअनुसार सुरुमा अर्थात् गरिबीमा पैसाले खुसी किन्छ र पछि यसको हुँदैन भन्ने तर्क पनि छ। तर‚ ज्यादै गलत छ। किनकि‚ मानिसका इच्छा‚ आकांक्षा असीमित हुने हुनाले पैसाको उपयोगितामा सिमान्त उपयोगिता ह्रास नियम पनि लागु हुँदैन।

अहिले साह्रै दर्शकबाट रुचाइएको तेलगु फिल्मको एउटा संवादमा नायक अल्लु अर्जुनले नायिका आफूप्रति आकर्षित हुन्‚ हेरून्, मुस्कुराऊन् भनेर अनेक तिकडम गर्छन्। तर‚ हेर्दै हेर्दिनन्। त्यसपछि नायकले आफ्नो साथीलाई सोध्छ- के अहिले पनि हेरिनन्। साथीले हाँस्दै भने हेरिनन्। नायकले दुःखी हुँदै भनेका छन्- झुठो नै भए पनि हेरिन भनि दे न। कम से कम एक छिन त म खुसीहुन्छु। हो क्षणिक खुसी यस्तो प्यार, प्रेम आदिमा पनि हुन्छ। 

राजनीतिक नेताहरूका सबैभन्दा नजिक साथी व्यवसायी किन हुन्छन्। न्यायाधीशहरू व्यवसायीका मुद्दामा किन बढी लोयल हुन्छन्। यो सबैको एउटै कारण हेर्दा पैसामा अतुलनीय लचकता छ। 

कोही कसैले कलेज टप गर्दा खुसी होला‚ कोही उत्तीर्ण मात्र हुँदा पनि गदगदले भरिएला। यी अस्थायी समयका खुसीहरू यत्रतत्र खोज्न सकिन्छ र खोज्नु पनि पर्छ।

दिगो र दीर्घकालीन खुसीका लागि फेरि पनि हामी सम्पत्तिसँगै जोडिनु पर्छ। पारिवारिक प्रेम‚ सन्तुष्टि, त्याग इत्यादि अपवादलाई छोडेर यदि मानिस आर्थिक रुपमा सम्पन्न छ भने लामो समय खुसी रहन सक्छ; अन्यथा सबै खुसी अस्थिर र अस्थायी हुन्छन्।

पैसा वा सम्पत्तिमा कति सम्मतागत छ भन्ने कुरा स्वयं पैसालाई थाहा हुँदैन। पैसा केबल पैसा मात्र होइन यो उपचार, उपहार, उपकार, उद्धार र उत्थानको आधार पनि हो।

राजनीतिक नेताहरूका सबै भन्दा नजिक साथी व्यवसायी किन हुन्छन्। न्यायाधीशहरू व्यवसायीका मुद्दामा किन बढी लोयल हुन्छन्, यो सबैको एउटै कारण हेर्दा पैसामा अतुलनीय लचकता छ। यसले जीवनमा हरेक आवश्यकता, रुचि, इच्छा, चाहना क्रमिक रुपमा पूरा गर्न सक्छ र मृत्युको बेलामा एक शानदार अन्त्यष्टि खरिद गर्न सक्छ।

हो पैसाले सीप किन्न सकिँदैन। तर‚ सीपले पैसा तान्न सक्छ। पैसाले नेता बन्न सकिँदैन। तर‚ नेतालाई पैसा चाहिन्छ र नेता आफ्नो बनाउन सकिन्छ। पैसाले प्रतिष्ठा र ख्याति दिन सक्दैन। तर‚ ख्यातिले पैसा तान्न सक्छ। पैसा कमाउने धेरै तरिकाहरू छन्। तीमध्ये सबैभन्दा कारगर तरिका उचित उद्यमशीलतामा लगानी नै हो। पैसामा बढी आशक्ति देखाउने भन्दा कुनै काम व्यवसायमा आवद्ध हुने व्यक्तिले मात्र बढी पैसा कमाएको देखिएको छ।

मुल कुरा काममा पूर्णता, बस्तु तथा सेवामा गुणस्तर कायम गर्नु नै कमाइको मुल स्रोत हो। यो कमाइ नै खुसीको स्रोत हो। नोकरीले पनि नियमित पैसा कमाउन सकिन्छ। तर‚ त्यसको सीमा छ। नोकरीको कमाइ असीमित हुँदैन। तर‚ व्यवसायको कमाइ असीमित हुन्छ। अर्को कुरा उद्यमले आफ्नो अनुपस्थितिमा पनि कमाइ दिन्छ। तर‚ नोकरीले दिँदैन।

कोरोना महामारीका बेला केही उद्योगलाई घाटा लाग्यो। त्यो यथार्थ हो। तर‚ धेरै उद्यमीले औसतभन्दा बढी कमाए। कक्षा ११ र १२ पढाउने निजी विद्यालयले यति धेरै कमाए‚ त्यसको सीमा नै छैन। शिक्षकलाई तलब दिइएन, वा ५० प्रतिशतवा ८० प्रतिशत दिइयो। तर‚ विद्यार्थीबाट पाइपाइ शुल्क लिएर अन्यत्र लगानी गरियो। सबै शिक्षकलाई चित्त बुझाए होलान्‚ वाध्यताले शिक्षकले पनि चित्त बुझाए होलान्। तर‚ संस्थापकलाई कतै घाटा लागेन‚ नाफा जोरदार भयो। यही हो व्यवसाय गर्ने प्रवृतिमा विद्यमान दम।

उद्यमशीलतामा नाफाघाटा जोखिम अनिश्चितता हुन्छ। सधैं नाफा नहुन सक्छ। तर‚ प्रत्येक घाटाले भविष्यका लागि यस्तो सुसूचित मानव निर्माण गर्छ‚ त्यो ज्यादै उपलब्धिमुलक हुन्छ। सफल व्यवसाय मानव जीवनको सबैभन्दा ठूलो सिर्जना हो।

उद्यमीको अथाह सफलता देखेर स्वयं प्रकृति पनि लज्जित हुन्छ। आफ्नै सीमितता देखेर। एक, दुई लाख डलरमा सुरु गरिएको व्यवसायले अर्बौं कमाएको हाम्रै वरिपरि देखिएको छ। जे होस् सोचेर‚ सम्झेर र बुझेर गरिएको उद्यमले कल्पना गरे भन्दा धेरै कमाउँछ।

व्यवसाय, उद्यमवा सेवामा गुणस्तर दिन सकिएन भने त्यसले ज्यादै नकारात्मक असर ल्याउँछ। त्यो घातक हुन्छ। हालै एक व्यक्ति यस कारणले पक्राउ परे उनले मह भनेर सस्तोमा अर्को कुनै खराब लेदो बेचिरहेका थिए। तर‚ अन्त्यमा उनीमाथि प्रहरीको नजर पर्‍यो। व्यवसायमा खुसीको स्रोत इमान्दारिता पनि हो। इमान्दारिता छैन, गुणस्तर, डिजाइन, अर्थात् स्मार्टनेसमा ध्यान छैन भने त्यसबाट प्राप्त हुने खुसीले झन् तीव्र बेखुसी दिन सक्छ। खुसी खोज्ने मानिसले हेलन केलरको यो भनाइलाई कहिल्यै बिर्सनु हुँदैन- खुसी उसले मात्र अनुभव गर्न पाउँछ‚ जसले यसलाई उत्पादन गर्छ।

वास्तवमा खुसी उत्पादन गर्नु पर्छ। आफूले बनाएको, कमाएको, जन्माएको, हुर्काएको चिजबाट नै सबैभन्दा बढी खुसी उत्पन्न हुने भएकाले खुसीको जग हाम्रो कर्मबाट नै हुन्छ। केही नगरी हात बाँधेर बस्नेहरू सार्थक रुपमा खुसी भएर बाँचेको भेट्न कठिन छ। 

खुर्सानी रातो भएर होइन पिरो भएर महान् छ। बरफ सेतो भएर होइन चिसो भएर परिचित हुन्छ। मानिस पनि उपभोगी मात्र भएर होइन उपभोक्ता भएर महान् हुनुपर्छ।

खुसीका धेरै साधनहरू अलोचदार छन्। तर‚ पैसा लोचदार छ। सोही कारणले गर्दा पैसाको दिगो प्राप्ति भित्र लोचदार तरिकाले खुसी उत्सर्जन हुने भएकाले जीवनको उत्कृष्ट ऊर्जा व्यवसाय, उद्यमशीलता, सृजनशीलता, व्यावसायिकता, व्यावसायिक ब्राण्डको जन्म आदि नै हो।

शक्तिले पनि खुसी दिन्छ। तर‚ त्यो क्षणिक हुन्छ। जस्तै मन्त्रीहरू, प्रधानमन्त्रीहरू पदमुक्त भएपछि शानले बस्न थाले भने भ्रष्टाचार गरेको ठहरिन्छ। होइन भने पैसाकै अभाव हुन्छ। दुःखै हुन्छ। भ्रष्टाचार गरेको भए मानसिक दुःख नत्र भने भौतिक दुःख। तर‚ एउटा इँटा व्यवसायी घरमै सुतेको छ भने पनि उत्पादन र व्यापार भैरहेको हुन्छ।

केही व्यापार व्यवसाय डुबेर जान पनि सक्छन्। तर‚ त्यसको सम्भावना निकै कम छ। कसैले  सोचेर राम्रो व्यावसायिक योजनाका साथ अगाडि बढेको छ भने। उद्यमशीलता केबल पैसा होइन जीवन हो। आफ्नो त्याग र परिश्रमले सिर्जना गरेको कम्पनी जहाँ हजारौ मानिसले जागिर पाएका हुन्। लाखौं ग्राहकले वस्तु तथा सेवा पाएका हुन्, राज्यले राजस्व पाएको होस्। यही निर्माण गर्ने क्षमता नै खुसी हो।

प्रेममा सफल हुनु, सकुशल स्वस्थ्य सन्तान जन्मनु, छोराछोरीले उच्च शिक्षा हासिल गर्नु छोटामोटा खुसी हुन्। खुसी एउटा वस्तु तथा सेवालाई ब्राण्डसहित विश्वभर बिक्ने बनाउन सक्नुमा पनि छ।

खुर्सानी रातो भएर होइन पिरो भएर महान् छ। बरफ सेतो भएर होइन चिसो भएर परिचित हुन्छ। मानिस पनि उपभोगी मात्र भएर होइन उपभोक्ता भएर महान् हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.