|
फाइल फोटो

सर्लाही : बागमती नगरपालिका-३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा करिब ५ लाखसहित १२ जना पक्राउ परेका छन्। धरहरास्थित ढलकबहादुर तामाङको घरबाट मंगलबार राति साढे ११ उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय हरिवनका निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वको टोलीले ४ लाख ८४ हजार ५० रूपैयाँ र कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

पक्राउ पर्नेमा बागमती–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन्। त्यस्तै‚ हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी र ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अंसारी र बरहथवा–१० का २९ वर्षीय रामबिर चौधरी, रौटहटको चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दिलबहादुर लामा रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।

पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.