|

विराटनगर : प्रदेश १ मा तीन पदका लागि राष्ट्रियसभाको जारी निर्वाचनमा ७४ सांसद र स्थानीय तहका २२३ जनप्रतिनिधिले मतदान  गरेका छन्।

आज बिहान ९ देखि ३ बजेसम्म मतदान गर्ने समय तोकिएको  प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।

उनका अनुसार प्रदेश सभाका ९२ जना मध्ये ७४ जनाले र स्थानीय तहका २ सय ७२ मध्ये २ सय २३ जनाले मतदान गरिसकेका छन्। 

प्रदेशसभा सदस्यहरुको लागि विराटनगरस्थित बाली संरक्षण प्रयोगशाला र स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि प्रदेश निर्वाचन कार्यालयमा मतदानस्थल तोकिएको छ। प्रदेशमा तीन पदका लागि हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा आठ जना चुनावी मैदानमा छन्।

सत्तारूढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनावी मैदानमा छन्।

यस्तै नेकपा एमालेका तर्फबाट खुल्लातर्फ मोरङका गुरू बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन्। यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी छ। राप्रपाले अपाङ्गता तथा अल्पसंख्यकतर्फ भने उम्मेदवारी दिएको छैन।

एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगम प्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरूङको पदावधि आगामी फागुन २० मा सकिँदैछ। रिक्त हुने स्थानको लागि निर्वाचन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.