काठमाडौं : राजकुमार राव र भूमि पेडनेकरको मुख्य भूमिका रहेको बलिउड फिल्म 'बधाई दो' को ट्रेलर सार्वजनिक भएको छ। हर्षवर्धन कुलकर्णीको निर्देशनमा बनेको कमेडी ड्रामा फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक भएको हो।
फिल्ममा भूमि समलिंगी महिलाको भूमिकामा देखिँदै छन् भने राजकुमार समलिंगी पुरुषको भूमिकामा देखिँदै छन्। उमेरले ३० वर्ष काटिसक्दा पनि विवाह नगरेका उनीहरूलाई परिवारले विवाहको लागि दबाब दिएपछि एकापससँगै विवाह गरेको ट्रेलरमा देखाइएको छ।
जंगली पिक्चर्सको प्रस्तुति रहेको फिल्म फेब्रुअरी ११ देखि प्रदर्शनमा आउँदै छ।
'बधाई दो' बाहेक भूमिका 'गोविन्दा नाम मेरा', 'रक्षाबन्धन' र 'भीड' यसै वर्ष प्रदर्शनको तयारीमा रहेका छन् भने राजकुमारका 'हिट', 'मोनिका, ओ माइ डार्लिङ' र 'भीड' पनि यसै वर्ष प्रदर्शनको तयारीमा रहेका फिल्म हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।