|

बझाङ : जिल्लामा केही दिनयता हिमपातका कारण ह्वात्तै चिसो बढेपछि जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेको छ।

चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रिक चौक, अदालत अगाडि,  सिमखेतसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको छ।

सोमबार र मंगलबार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले संकलन गरेका दाउराहरू वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले बताए। नगरका विभिन्न बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरी वितरण गरिएको खातीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले चिसोबाट बच्नेको लागि केही राहत होस् भनेर सदरमुकाम क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको बताए।

चिसोसँगै निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन्। चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.