|

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदान सकिएको छ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ३ बजेसम्म २ सय ९४ जनाले मतदान गरेका थिए।

प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका गरी २ सय ९६ जना मतदाता रहेका थिए।

तीमध्ये प्रदेशसभामा ८१ जना मतदाता रहेकोमा सबैले मतदान गरेको कार्यालयले जनाएको छ।

त्यस्तै स्थानीय तहतर्फ २ सय १५ जना रहेकोमा २ सय १३ जनाले मतदान गरेका छन्।

रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा. धवल शमशेर राणाले मतदान गरेका छैनन्।

उनीहरु दुवै जना राप्रपाबाट निर्वाचित भएका हुन्।

राप्रपाले प्रदेश १ मा बाहेक उम्मेदवार नभएका अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.