|

धनगढी : सुदूरपश्चिममा राष्ट्रियसभाका तीन सिटका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ। धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि मतदान भएको थियो। मतदान सकिएपछि मतगणना सुरु गरिएको हो।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७५  मत खसेको जानकारी दिए। तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन्।

गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.