सक्रिय संक्रमित ९० हजारभन्दा बढी

|

काठमाडौं : देशभर एकै दिन ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ३ सय ५९ जनामा परीक्षण गरिएको थियो । 

यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । 

सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार ८ सय १९ संस्थागत  र ८८ हजार २ सय ४८ जना होम आइसोलेसनमा रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले हाल २५१ जना आइसियु र ४८ जना भेन्टिलेटर उपचाररत रहेको जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.