काठमाडौं : सरकारले १२ वर्ष मुनिका बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप लगाउन पहल गरिरहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार हाल विभिन्न देशबाट ४ करोड २० लाख ४९ हजार ६ सय ४० मात्रा खोप प्राप्त भएको छ।
यसमध्ये कम्तिमा १ करोड ६४ लाख १२ हजार ५ सय ५५ जनाले एक मात्रा र १ करोड ३२ लाख ४३ हजार ५ सय ७७ जनाले पूर्ण मात्रामा खोप लगाएका छन्।
माघ १५ पछि १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी छ।
उनले ८८ हजार २ सय ४८ जना होम आइसोलेसनमा बसी उपचार गरिरहेको पनि जानकारी दिए।
‘केही समस्या भएमा १११५ र ११३३ मा कल गर्न सकिने छ,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।