एमालेका उम्मेदवार एक मतले अगाडि

|

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि आज भएको निर्वाचनको स्थानिय तह तर्फको मतगणना सकिएको छ। स्थानीय तहतर्फ खसेको २३७ मतगणना गर्दा महिलातर्फ विपक्षी दल नेकपा एमाले सत्तारूढ गठबन्धनभन्दा १ मतले अगाडि छ।

यस्तैगरी अन्यतर्फको मतगणनामा सत्तारुढ गठबन्धन विपक्षी दल नेकपा एमाले भन्दा १ मतले अघि देखिएको छ। कुल खसेको ३४३ मतमा स्थानिय तहको पालिका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षले २३७ मत खसालेका थिए।

तीमध्ये सत्तारूढ गठबन्धन दलको महिला तर्फको उम्मेदवार गोमादेवी तिमल्सिनाले ११६ मत पाउँदा एमालेकी उम्मेदवार नीरुकुमारी कुँवरले ११७ मत पाएकी छिन्। त्यस्तैगरी, अन्यतर्फ गठबन्धनको कृष्ण प्रसाद पौडेलले ११७ मत पाउँदा एमालेको उम्मेदवार गूआल शाक्यले ११६ मत मात्रै पाएका छन्।

नेमकिपाकी महिलातर्फको उम्मेदवार गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङले समान २-२ मत पाएका छन्। पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको हुँदा हालसम्म सत्तारुढ गठबन्धन दलका महिला उम्मेदवारले २१०६ र गठबन्धनले २०८८ मतभार पाएको छ।

नेमकिपाको महिलातर्फ ३६ मतभार छ। त्यस्तैगरी, अन्यतर्फ गठबन्धनले २१०६ र एमालेले २०८८ मतभार पाउँदा नेमकिपाले ३६ पाएको छ । अब प्रदेशसभातर्फको मतगणना सुरु हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.