|

सुर्खेत : कर्णाली प्रदेशका राष्ट्रियसभा सदस्यमा सत्तारूढ गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन्।

आज भएको मतदान तथा मतगणनाको परिणामअनुसार गठबन्धनका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई हराएका हुन्।

निर्वाचित हुनेमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली कांग्रेसको महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्र अपाङ्गतर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) रहेका छन्। 

उनीहरूले नेकपा एमालेका महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्ग/अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुलातर्फ चूडामणि शर्मा (सुर्खेत) लाई पराजित गरेका हुन्। 

मत परिणामअनुसार गठबन्धनबाट महिलातर्फ गुरुङले १ सय ९ मत प्राप्त गरेकी छन् भने एमालेकी गंगा थापा महतले ४४ प्राप्त गरेकी छन्।

यस्तै अपांग/अल्पसंख्यकतर्फ गठबन्धनकै विष्टले १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन्।

खुलातर्फ बोहोराले १ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने एमालेका चूडामणि शर्माले ४४ मत प्राप्त गरेका छन्।

जम्मा खसेको मतमध्ये महिलातर्फ स्थानीय तहका २ मत बदर भएको छ भने प्रदेशतर्फ १ मत खाली परेको थियो। 

निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार राष्ट्रियसभाका ३ सदस्य छान्न कुल १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मतदान गरेका थिए।

जसमा प्रदेशसभाका सदस्यको ३४ मत खसेको थियो भने पालिका सदस्यहरूको १ सय ५६ मतमध्ये १ सय ५५ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.