|

बैतडी : बैतडीको सुर्नया नदीमा ४ दिनअघि मृत फेला परेका युवकको पहिचान हुन सकेको छैन। पाटन नगरपालिका ३, ४ र ६ को सीमाना सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव माघ ९ गते फेला परेको थियो।

शव पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘हामीले मृतकको पहिचान खुल्ने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राखिसकेका छौं, अहिलेसम्म कोही पनि सम्पर्कमा आएका छैनन्।’

परीक्षणपछि शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

मृतक युवकले रातो हुट, नीलो जिन्स पाइन्ट र कालो जुत्ता लगाएको र बायाँ हातको नाडीमा ट्याटु समेत रहेको प्रहरीले बताएको छ। 

मृतक युवकको हुलियासँग कसैको आफन्तको हुलिया मिलेमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ। शव पहिचानको काम र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.