|

काठमाडौं : नेपाली सेनाले बुधबार लागुऔषध तथा विस्फोटक पदार्थ बरामद गरेको छ। सेनाको सिद्धिबक्स गणबाट गएको गस्ती टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ती सामान बरामद गरेको हो।

सेनाको टोली पुगेपछि ६/७ जनाको समूहमा रहेका उनीहरू ती सामग्री छाडी फरार भएको बताइएको छ। ६ बोरा गाँजा‚ भरुवा बन्दुकका ३९ थान गोली‚ २०० ग्राम बारुद‚ १६ वटा पटाका‚ आधी केजी गन्धक लगायत जफत गरेको सेनाले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.