|

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि आज भएको निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धन दलको उम्मेदवार विजयी भएका छन्।

बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट  महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) की गोमादेवि तिमल्सिना र अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

केन्द्रीय नेताहरुले गठबन्धनलाई आगामी ३ तहको निर्वाचनसम्म कायम गर्ने बताइरहँदा हेटौंडामा बुधबार भएको राष्ट्रियसभा चुनावपछी गठबन्धनमा कित्ताकाट देखिएको छ।

पौडेल र तिमल्सिना दुवै पाँच दलीय गठबन्धनबाट विजयी भए पनि मतपरिणाम पछि भने उनीहरू दुई भागमा विभाजित भएका थिए। हेटौंडा औधोगिक व्यवस्थापन क्षेत्र लिमिटेडको गेटभित्र मतगणना भइरहँदा गेट बाहिर गठबन्धन दलको कार्यकर्ताहरूको भीड लागेको थियो।

तिमल्सिना र पौडेल विजयी भएर गेटबाहिर निस्किँदा उनीहरु नेता/कार्यकर्तासँग दुई भागमा विभाजित भए। एउटै समूहबाट जितेका उनीहरुलाई आ-आफ्नो दलका कार्यकर्ताले मात्रै बधाइ दिने, माला लगाउने र फोटो खिच्ने गरेको दृश्य देखिन्थ्यो।

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम पछि नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले आ-आफ्नो उम्मेदवारलाई छुट्टाछुट्टै लिएर हिँडेका थिए भने नेताहरुले पनि छुट्टाछुट्टै फोटो खिचाएको देखिन्थ्यो। आफ्नो दलको उम्मेदवार नबनाएको माओवादीमा कुनै उत्साह देखिएन।

नेकपा एमालेले आफूसँग भएकोभन्दा बढी मत पाएको छ। ४३ जना मात्रै प्रदेशसभा सदस्य रहेको एमालेले निर्वाचनमा ४७ मत पाएको हो। उसले आफ्नोभन्दा चार भोट बढी पाएको छ। मतदानमा गठबन्धन र एमालेबाहेक राप्रपाको २ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

राप्रपाले एमालेलाई मत दिएको खण्डमा पनि अझै २ मत बढी एमालेले गठबन्धन दलबाटै पाएको छ। एक नेताले गठबन्धनबाट एमालेमा भोट गएको भन्दै यस विषयमा अनुसन्धान गर्नुपर्ने समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.