|

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।

एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।

महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३ सय ६ मतभार परेको हो। महिलातर्फको मतदानमा प्रदेश तर्फ तीन र स्थानीय तर्फ १६ मत बदर भएको थियो।

अन्य समूहबाट जसपाका उम्मेदवार सिद्धिकीले ६ हजार ६ सय ७८ मत ल्याएका छन् भने एमाले–लोसपा गठबन्धनबाट अन्य समूहका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मत ल्याए।

दुई जना प्रदेशसभा सदस्य र ४ जना स्थानीय जनप्रतिनिधिसहित ६ जनाले मतदान गर्न नसकेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.