|

वासिङटन : अमेरिकी सरकारले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न चेतावनी दिएको छ।

कोरोना‚ बलात्कार र जम्मु कश्मीरमा आतंकवाद बढेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको कुनै पनि प्रकारको यात्रा गर्दा पुनर्विचार गर्न चेतावनी दिएको छ।

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै लेभल-३ यात्रा र स्वास्थ्य सूचना जारी गरेका वेला यस्तो ट्राभल एडभाइजरी आएको हो।

बाइडेन प्रशासनका तर्फबाट बलात्कार भारतमा सबैभन्दा छिटो बढ्दो अपराध भएको बताएको छ।​

अमेरिकाले ट्राभल एडभाइजरीमा उल्लेख गरेको छ‚  'अमेरिकी नागरिकले जम्मु कश्मीर राज्य (पूर्वी लद्दाख क्षेत्र र यसको राजधानी लेह बाहेक)मा देखिएको आतंकवाद र नागरिक अशान्तिलाई ध्यानमा राख्दै यात्रा गर्नु हुँदैन। सशस्त्र युद्धको सम्भावना रहेकाले भारत–पाकिस्तान सीमाको १० किलोमिटरको दायराभित्र नजानुहोस्।'

बलात्कार भारतमा सबैभन्दा छिटो बढ्दो अपराधमध्ये एक भएको भारतीय अधिकारीहरूले बताएको दाबी गरिएको छ। पर्यटन र अन्य ठाउँमा यौन दुर्व्यवहार जस्ता हिंसात्मक अपराध भएका छन्।

अमेरिकाले पाकिस्तानलाई पनि ट्राभल एडभाइजरी लेभल ३ मा राखेको छ। अमेरिकाले पाकिस्तानमा आतंकवाद र पृथकतावादी हिंसा बढिरहेको बताएको छ।

यति मात्र होइन, पाकिस्तानका केही क्षेत्रमा खतरा निकै बढेको छ तर पाकिस्तानलाई अमेरिकाले कोरोनाको सन्दर्भमा लेभल १ को श्रेणीमा राखेको छ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा यात्रा नगर्न आग्रह गरेको छ। यी क्षेत्रमा आतंकवाद र अपहरणका घटना भइरहेका छन्।

-एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.