|

काभ्रे : सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–११ का ५१ वर्षीय सितारमण दाहाल रहेका छन्।

जिल्ला अदालत धादिङले ०६२ जेठ २४ गते उनीविरुद्ध सवारी ज्यान मुद्दामा २ हजार रूपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो।

डिएसपी खतिवडाले लामो समयदेखि फरार रहेका दाहाललाई मंगलबार बनेपा–११ स्थित्बाट पक्राउ गरी फैसलाबमोजिम कैद तथा जरिवाना फर्छौटका लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जानकारी दिए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेले चेक अनादर मुद्दाका फरार प्रतिवादी काभ्रेको बनेपा नगरपालिका–११ का ४३ वर्षीय कुमार भुजेललाई ४ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला अदालत काभ्रेले ०७४ फागुन १४ गते दोषी ठहर गर्दै ७ दिन कैद र ३ हजार रूपैयाँ जरिवाना सुनाएपछि फरार भएका उनलाई काभ्रे प्रहरीले ०७८ माघ १० गते पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनलाई बनेपा–११ बाट पक्राउ गरेका थिए।

उनलाई जिल्ला अदालत काभ्रेमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.