|

बैतडी : बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको  छ।  

जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तरगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका २ रौतगाँउमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर आठ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

घाइते हुनेहरुमा मेलौली नगरपालिका ६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाका शुशीला चन्द, शिवनाथकै जनक औझी, रामसिंह साउद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका पुजा भट्ट, बारा घर भएका सिराज अन्सारी रहेका छन्।  उनीहरुलाई उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ।  ३२ यात्रु रहेको उक्त बसमा सवार अन्यको अवस्था सामान्य  प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ।   बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का विरेन्द्र लुहारलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।  दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.