|

चितवन : भरतपुर विमानस्थलमा २५ किलो चाँदीका गहनासहित दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का प्रकाश साह सोनार र बारा जिल्ला नरही गाविस वडा नम्बर ६ का अजय कुमार सर्राफ रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार बुधबार बिहान ९ बजेर २५ मिनेटमा विमानस्थलबाट काठमाडौंतर्फ कार्गो गरी पठाउन लागेको कपडाको झोला  एक्सरे मेसिनमा राखी चेकजाँच गर्ने क्रममा मेटलको चिज बस्तु रहेको पाएकोले उक्त सामान माथि शंका लागि उक्त झोला चेकजाँच गर्दा चाँदीका गहनाहरू फेला पारेको थियो। 

उक्त चाँदी सोही स्थानमा तौल गर्दा २४ किलो ९६० ग्राम रहेको र  यसको बिल समेत शंकास्पद रहेकोले उक्त सामान कुरियर गर्न आएका सोनार र सर्राफलाई  पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.